
काठमाडौं, १२ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू यही भदौ १६ गते चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उनीहरू चीन भ्रमणमा जान लागेका हुन् ।
पोखरेल नेतृत्वको भ्रमण दलमा सहभागी हुने नेताहरूको नाम भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । भ्रमण टोलीले बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया