२९ आश्विन २०८३, बिहिबार

चार राजनीतिक दलले गरे एमसीसी खारेजीको माग, भोलि देशव्यापी विरोध प्रदर्शन गर्ने

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । भोलिदेखि औपचारिक रूपमा लागू गर्ने तयारी गरिएको अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना खारेज गर्न विभिन्न चार राजनीतिक दलले माग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (किरण), नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी (आहुती)ले एमसीसी खारेजीको माग गरेका हुन् ।

चारवटै पार्टीका प्रमुखहरूले आज संयुक्त विज्ञप्ति जारी गरेर एमसीसी परियोजना खारेज गर्न माग गरेका हुन् ।

उनीहरूले एमसीसी खारेजीको माग गर्दै भदौ १३ गते (भोलि) देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।