
काठमाडौं, १२ भदौ । नेकपा एमालेका सचेतक महेश बर्ताैलाले कतिपय गम्भीर प्रकृतिका घटनाहरूलाई पनि सरकारले नेपाल ऐनमार्फत हल्ला ढङ्गले प्रस्तुत गरेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने बताएका छन् ।
उनले फौजदारी प्रकृतिका घटनाहरुलाई पनि विधेयकमा हल्का ढंगले राखिएको भन्दै आपत्ति जनाएका छन् ।
विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।















प्रतिक्रिया