७ कार्तिक २०८३, शनिबार

दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल भएन: अध्यक्ष तिमिल्सिना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीगो विकास लक्ष्यका लागि बजेट र योजनाबीच तालमेल नभएको बताएका छन् ।

दीगो विकाससम्बन्धी भावी रणनीतिका बिषयमा मंगलबार ललितपुुरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले बजेट र योजनाबीच तालमेल नभएसम्म दीगो विकास लक्ष्य प्राप्त कठिन हुने बताएका हुन् ।

उनले दीगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे । तिमिल्सिनाले तोकिएको समयावधिभित्र दीगो विकास लक्ष्य प्राप्त गर्न अहिले योजना कार्यान्वयनको गतिमा सुधार र सक्रियताको खाँचो औँल्याए ।

उनले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दीगो विकासका लक्ष्य प्राप्ति हुने ढङ्गबाट आयोजना छनोट गरी सामाजिक न्यायका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सुशासन र दीगो विकास मुलुकको प्राथमिकताको विषय भएकाले सवै बिषयगत समितिमा छलफल हुनुपर्ने धारणा राखे ।