२९ आश्विन २०८३, बिहिबार

एमालेको चुनौती : सरकार इमानदार भए सबै प्रकरणहरूका फाइल खोलोस् (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रष्टाचारका सबै प्रकरणहरूको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ ।

आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारका विभिन्न प्रकरणहरूमा नेकपा एमालेको नाम जोडेर बद्नाम गरिरहेको बताउँदै सरकार इमानदार छ भने सबै प्रकरणहरूको छानबिन गरेर दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउन सरकारलाई चुनौती दिएका हुन् ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकार पछि हट्न नहुने जिकिर उनको छ । सो प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै उनले भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरेका छन् ।

उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गर्दै ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिने प्रपञ्च सरकारले गरिरहेको आरोप लगाएका छन् ।