२८ कार्तिक २०८३, शनिबार

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने छन् । सांसदहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।