शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: नेकपा फुट्नुको दोष प्रचण्डको टाउकोमा, गिरी बन्धु प्रकरण छानबिन गर्न ओलीको चुनौती

दैनिक नेपाल २०८० भदौ ११ गते २२:०२

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै बिभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगाएतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरु नै मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाएका हुन् ।

ओलीले यती होल्डिङस्, वाइडबडी, गिरीबन्धु लगायतका प्रकरणको छानविन गर्न सरकारलाइ चुनौती दिँदै उक्त प्रकरण छानविन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरु मुछिने बताए ।

सत्तामा भएकाहरुले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उनको भनाइ छ ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित