
काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानीत नेता झलनाथ खनालले एमसीसीकाबिरुद्ध बोल्नेलाई चुनावमा हराउने ग्राण्ड डिजाइन गरिएको र त्यसको शिकार आफू भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बृहत अन्र्तक्रिया कार्यक्रममा खनालले तत्कालीन समयमा आफू एक जनामात्रै सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चूनावमा हराउने ग्राण्ड डिजाइन गरिएपनि अहिले आफूलाई कुनै पश्चाताप नरहेको बताए ।
सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनले बताए । खनालले उक्त सम्झौता संविधान र कानूनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि मान्न जरुरी नरहेको जिकिर गरे ।
उनले मुलुकको हीत विपरीत रहेका सम्झौताकोविरुद्ध डटेर लड्नुपर्ने बताए । त्यस्तै नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे । उनले देशको हीतबिपरित कुनै पनि काम भए नेपाली जनता चूप लागेर नवस्ने जिकिर गरे ।
विप्लवले एमसीसी लागू गर्ने सरकारको तयारी रहेको भन्दै त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिए ।















प्रतिक्रिया