२९ आश्विन २०८३, बिहिबार

यी हुन् १० वटा संसदीय समितिका निर्विरोध सभापतिहरू (फोटो फिचर)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । प्रतिनिधि सभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतका १० वटा समितिको नेतृत्वका लागि हिजो आइतबार नौ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सोमबार उम्मेदवारी फिर्ता लिएपछि सबै सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव निर्वाचित भएका छन् ।

यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका बिमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएका छन् ।

हेरौँ निर्वाचन र निर्वाचनपछिका केही तस्वीरहरू–