
काठमाडौं, ११ भदौ । एउटा भनाइ छ नि, खाने मुखलाई जुँगाले छेक्दैन । यही भनाइलाई सत्य सावित गराएका छन् हेटौंडाका देवप्रसाद घिमिरेले ।
उनले ७७ वर्षको उमेरमा सवारी चालक अनुमति पत्रका लागि लिखित परीक्षा पास गरेका छन् । उनले ७७ वर्षको उमेरमा सवारी चालक अनुमति पत्र वर्ग (के) को लिखित परीक्षा सफलताका साथ उत्तीर्ण गरेका हुन्।
नेपालको सवारी ऐनमा ६० बर्षउमेर पुगेको कुनै पनि व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी चालक अनुमति पत्र नदिइने व्यवस्था छ । तर, साना सवारी चालक अनुमति पत्र भने पाउन सक्छन् ।















प्रतिक्रिया