
काठमाडौं, ११ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न सरकार डराएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले कुर्सी हल्लिने डरले दोषीलाई कारबाही गर्न सरकार डराएको बताएका हुन् ।
सरकारले लटरपटर नै गर्ने हो भने पीडितहरू चुप लागेर नबस्ने उनले बताए ।
‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन,’उनले भने ।















प्रतिक्रिया