७ कार्तिक २०८३, शनिबार

नन्द बक्स गुल्मका गुल्मपति पण्डित बेपत्ता

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् ।

डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख (मेजर) विमल पण्डित आइदबारदेखि सम्पर्कविहीन भएका हुन् ।

उनी आइतबार साँझ सम्पर्कविहीन भएका हुन् । मेजर पण्डित इभिइनिङ वाकमा जान्छु भन्दै ब्यारेकबाट निस्किएका थिए । उनले उनले आफ्ना सुरक्षा गार्डलाई आफूसँग आउन रोकर एक्लै हिँडेका थिए ।

मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै खटिएको छ ।