शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: ललिता निवास प्रकरणका प्रतिवादीविरूद्व मुद्दा दर्ता, श्रीमतीको नाममा जग्गा किन्नेलाई उन्मुक्ति

दैनिक नेपाल २०८० भदौ १० गते २१:४४

काठमाडौं, १० भदौ । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गरेको छ।
सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको हो । प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइएको छ ।

यस्तै माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखेर मुद्दा चलाइएको छ ।

यस्तै अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ । यस्तै सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित