७ कार्तिक २०८३, शनिबार

हेटौंडामा चोरी गर्ने सिन्धुपाल्चोकका चारजना काठमाडौंबाट पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० भदौ । मकवानपुरको हेटौंडामा चोरी गर्ने सिन्धुपाल्चोकका चार जना काठमाडौंबाट पक्राउ परेका छन्। आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै चोरीको घटना सार्वजनिक गर्दै घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

गत ३० साउनमा हेटौंडा-९ लामसुरेधाप स्थित सुशिला साउदको घरबाट उनीहरूले सुनको सिक्री डेढ तोला, सुनको बाला एक तोलाको एक थान, सुनको चन्द्र हार एक तोलाको एक थान, सुनको टप ४ आनाको एक जोडी, सुनको मुन्द्रा २ आनाको एक जोडी, घडी एक थान र नगद ३० हजार रुपैयाँ चोरी गरेका थिए ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी पाँचपोखरी थाङपाल-७ बस्ने वर्ष २८ वर्षीय भिमलाल लामा, सोही ठाउँ बस्ने २८ वर्षीय प्रदिप तामाङ, २९ वर्षीय आकाश तामाङ, र चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने सोही गाउँपालिकाको वडा नंबर ६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित रितु सुन पसलका सञ्चालक ३१ वर्षीय राजेन्द्र रसाइली रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले बताए । उनका अनुसार उनीहरु गत भदौ ७ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेको र अझै एकजना फरार रहेका छन् ।

उनीहरु गत साउन २९ गते चार जनाको समूहमा २ वटा मोटरसाइकलमा हेटौंडा आएर दिउँसोको समयमा बन्द रहेको घरहरु रेक्की गर्ने कार्य गरेर हेटौंडा बसपार्कमा बास बसेका थिए ।

त्यसको भोलिपल्ट सुशिलाको घर फोडी चोरी गरी उनीहरु साउन ३१ गते पथलैया बर्दिवास हुँदै काठमाडौं पुगेर चोरी गरेको गरगहना बिक्री गरी बिक्रीबाट आएको रकम एकअर्कामा भाग लगाएको एसपी रिजालले बताए ।

प्रहरीले अनुसन्धानको क्रममा उनीहरुको साथबाट प्रदेश ०२-०२८ प २४२२ नम्बरको मोटरसाइकल र सो मोटरसाइकलको सवारी दर्ता किताब, ओपो कम्पनीको मोबाइल एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, हवाई कम्पनीको मोबाइल एक थान, आईफोन मोबाइल एक थान, चोरी भएको सुनलाई गाली पगाली बनाएको सुन जस्तो देखिने पहेलो धातुको झुम्का १ जोर, रामबिला पत्थर झुम्का जोर, पानवाला झुम्का १ जोर, सोली पट १ जोर, धानको बाला झुम्का १ जोर, औठी ४ थान, आधुनिक झुम्का १ जो आयतकार झुम्का १ जोर, पिजडा मुन्द्रा १ जोर र नगद २४ हजार २ सय रुपैयाँ बरामद गरेको रिजालले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई हेटौंडा ल्याएर जिल्ला अदालतबाट ६ दिनको म्याद गरी थप अनुसन्धान भइरहेको छ ।