७ कार्तिक २०८३, शनिबार

अनुसन्धान अधिकृत फरिँदैमा अनुसन्धानमा फरक पर्दैन: एसएसपी खत्री

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुँदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताएका छन् ।

काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरी आफूले काम गर्ने बताए ।

उनले कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने जिकिर गरे । व्यवसायीक रुपमा काम गर्ने क्रममा व्यक्ति, पार्टीले आफूलाई कुनै असर नपार्ने उनको भनाइ छ ।

खत्रीले राज्यले प्रहरी संगठनलाई दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।