७ कार्तिक २०८३, शनिबार

अब भैरहवाबाटै हङकङ र दिल्ली उड्न पाइने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ ।

निगमले प्रेस विज्ञप्ति जारी गर्दै भदौ १२ गतेदेखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला गरेको हो ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९:०० बजे काठमाडौँमा अवतरण गर्ने भने ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन्।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा पुगेर लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ।