७ कार्तिक २०८३, शनिबार

विद्या भण्डारीले आउँछु भन्नुपर्‍यो, सधैँ वेलकम छ: अध्यक्ष ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुन राजनीतिमा आए स्वागत गर्ने बताएका छन् ।

कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिमा आउँन खोजे भण्डारीलाई कसैले नरोक्ने बताएका हुन् ।

ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । उहाँ आउँछु त भन्नुपर्‍यो । उहाँलाई सधैँ वेलकम छ’, ओलीले भने ।
।’