२८ कार्तिक २०८३, शनिबार

एमाले कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रदेश कमिटी सचिवालय सदस्य होमबहादुर थापाका अनुसार आज बिहान ११ः०० बजे विराटनगरमा आयोजना हुने पार्टीको बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै काठमाडौं फर्कने तयारी छ ।

सिराहाको विष्णुपुरकट्टीमा भदौ ९ गते आयोजना गरिएको पार्टीको सचिवालय बैठकमा सहभागी हुन भदौ ८ गते विराटनगर गएका अध्यक्ष ओली प्रतिकुल मौसमका कारण बैठक स्थगित भएपछि झापा पुगेका थिए ।

झापामा शनिबार पार्टीका कार्यकर्ताहरूको भेलालाई अध्यक्ष ओलीले सम्बोधन गरेका थिए ।