
काठमाडौं, १० भदौ । राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । बैठक संघीय संसद भवन बानेश्वरमा दिउँसो १ः०१ बजे बस्नेछ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानूनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तो छ आजको राष्ट्रिय सभा बैठकको कार्यसूची












प्रतिक्रिया