२८ कार्तिक २०८३, शनिबार

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तानसमेत रहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज आइतबार सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा सुनुवाइ गर्न आइतबार पेशी तोकिएको हो ।

यसैबीच, लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरीले हिजो शनिबार आत्महत्याको प्रयास गरेकी छिन् । उनले धेरै औषधि सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् ।

उनी मनोचिकित्सकको परामर्शमा थिइन् । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अहिले उनी खतरामुक्त रहेको बुझिएको छ ।

जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि पीडित किशोरीले आत्महत्याको प्रयास गरेकी हुन् ।

सन्दीप आइतबारको पेशीका लागि भनेर राष्ट्रिय टिमसँगै पाकिस्तान गएका छैनन् । सन्दीप आजको सुनुवाइ पछि एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।