२८ कार्तिक २०८३, शनिबार

संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैन्ः विमलेन्द्र निधी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिवद्ध नरहेको बताउँदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेश बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानून अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ ।’

सो अवसरमा कमिटिको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराएका थिए भने कमिटीका पूर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराएका थिए ।