२९ आश्विन २०८३, बिहिबार

सरकार ‘एक्चुअल’ काममा होइन ‘भर्चुल’ प्रचारमा मस्त छ : विष्णु रिमाल

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकार वास्तविक काममा भन्दा अनावश्यक प्रचारमा मस्त रहेको बताएका छन् ।

लम्पी स्किनबाट ५० हजार पशुचौपाया मरेको र किसान पीडित बनेको, डेङ्गी र आखाँ पाक्ने रानेगले समग्र समाज त्रस्त रहेको, आर्थिक मन्दी र महङ्गीले जनजीवन अस्तव्यस्त बनेको तथा ‘रियल’ उद्यमीहरुको व्यवसाय चौपट बन्दा पनि सरकार बेखबर रहेको उनको भनाइ छ ।

यस्तै, प्रतिकुल मौसमका कारण कम रोपाइँ भएको र जुम्लाको स्याउले बजार नपाएको वास्तविक समस्याप्रति सरकार मौन रहेको, तर ९ अर्ब रुपैयाँको व्यापार घाटा रहेको विद्युत् व्यापारलाई ठूलो उपलब्धि भन्दै सरकार प्रचारमा व्यस्त रहेको उनले बताएका छन् ।

सस्तोमा बिजुली बेचेर महङ्गोमा किन्नुले नेपाललाई कुनै फाइदा नभएको धारणा व्यक्त गर्दै उनले वर्तमान सरकारलाई ‘एक्चुअल’ काम नगरेर ‘भर्चुल’ प्रचारमा मस्त रहेको टिप्पणी गरेका छन् ।

हेर्नुहोस् सामाजिक सञ्जालको टिप्पणी–