२९ आश्विन २०८३, बिहिबार

संखुवासभा समाज कतारद्वारा तीज तथा सचेतनामुलक कार्यक्रम आयोजना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा (कतार), ९ भदौ । संखुवासभा समाज र लालीगुराँस रेस्टुरेन्ट कतारले संयुक्त रूपमा आयोजना गरेको हरितालिका तीज तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कतारको सानैया प्लाजा महलको लालीगुराँस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा दिपशिका दाहाल, रेश्मा प्याकुरे, गंगा बजगाई, बिरेन मादेन, सृष्टि लामा, लगायत अन्य धेरै कलाकारहरूले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा चिटिक्कै भा छु रे बोलको गीतमा नेपाली महिला दिदीबहिनीहरूले सामुहिक नृत्य गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा सस्कृतिक संयोजक बिरेन मादेनले संखुवासभा राम्रो त्यहि पर्‍यो घर हाम्रो गीत गएर थप मनोरञ्जन प्रदान गरेका थिए ।

उपस्थित सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई दरको समेत व्यवस्था गरिएको थियो । संखुवासभा समाज कतारका महासचिव पदम सिम्खडाले संचालन गरेको कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रम नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै अध्यक्ष खनालले आगामी दिनहरूमा पनि यस्ता खालको कार्यक्रम गर्दै जाने बताए । समाजले भाबी कार्ययोजना बनाएर अघि बढ्ने र विश्वको २७ देशहरूमा संखुवासभा समाजको स्थापना भएपनि सक्रिय रूपमा रहेको समाज कतारकै भएको उनले बताए ।

संखुवासभालीको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान भन्ने मूल नाराका साथ २०१६ मा स्थापना भएको समाजले संखुवासभा जिल्लामा विभिन्न आपत बिपतमा परेका जिल्लाबासीहरूलाई पनि समय– समयमा सहयोग गर्दै आएको छ ।

समाज गत असार २ गते संखुवासभा चैनपुर नगरपालिकास्थित हेवाखोलामा आएको बाढीका कारण बेपत्ता भएका ५ जनाको परिवारलाई समाजले प्रति परिवार ४३ हजार रूपैयाका दरले जम्मा २ लाख १५ हजार रूपैया आर्थिक सहयोग गरेको थियो ।