आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : सद्भाव भड्किने खतराबाट सबै चिन्तित, भारतबाट गणतन्त्र खतरामा

पुत्रवियोगमै अस्ताए अभिनेता ताम्राकार, गौशाला–२६ द्वारा आत्महत्या प्रयास

दैनिक नेपाल २०८० भदौ ९ गते २२:०७

काठमाडौं, ९ भदौ । जनजातिका केही व्यक्तिले संविधानविपरीत गोरु काटेर खाएको घटनालाई लिएर मुलुकमा सामाजिक सद्भाव भड्किनाका साथै जातीय र धार्मिक युद्ध पो हुने हो कि भनेर देश नै चिन्तामा डुबेको छ ।

आज शनिबार धरानमा केही हिन्दु समर्थकहरूले वृहत् र्‍याली निकाल्ने घोषणाले थप आशङ्का र चिन्ता छाएको थियो । तर, हिजो साँझदेखि नै निषेधाज्ञा जारी गरिएका कारण धरानमा कुनै नौलो र अप्रिय घटना भने हुन पाएको छैन । तर, त्यस्तो खतरा टरिसकेको भने अझै छै ।

यस्तै, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले छिमेकी मुलुक भारतले लिएको नीतिका कारण नेपालको गणतन्त्र खतरामा परेको खुलासा गरेका छन् । यसैगरी उनले नेपालाई हिन्दु राष्ट्र बनाउन पनि भारत सक्रिय रहेको बताएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित