२९ आश्विन २०८३, बिहिबार

सामाजिक सद्भाव बिथोलिन सक्ने खतराप्रति के भन्छन् रवि लामिछाने ? (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्ने बताएका छन् ।

आज शनिबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सार्वजनिक रुपमा दिइने अभिव्यक्तिले समाजलाई चोट नपुर्‍याउनका लागि संवेदनशील हुनुपर्ने बताएका हुन् ।

खासगरी एक अर्काको धर्म संस्कारलाई आँच नपुग्नेगरी दलका नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिनुपर्ने उनको भनाइ छ । कुनै पनि विषयमा समाजलाई सौहार्दपूर्ण वातावरणमा अघि बढाउन वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्ने जिकिर उनको छ ।

यस्तै, सभापति लामिछानले संसदीय समितिमा प्रतिपक्षी दललाई लेखा समितिमात्रै दिन प्रचलन रहेपछि सही ढंगले समितिलाई चलाउनका लागि रास्वपाको भूमिकालाई स्थापीत गर्न केही समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरिएको बताए ।

उनले चितवनमा सुरू गरेका केही कार्यक्रमहरुलाई सुधारका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सभापति लामिछाने पार्टीले आयोजना गरेको जनतासंग सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन् ।