२८ आश्विन २०८३, बुधबार

एनआरएनए आइसीसी सचिवमा कोरियाका यज्ञराज सुवेदीको उम्मेदवारी, यस्ता छन् एजेण्डा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरिया, ९ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सचिवका लागि यज्ञराज सुवेदीले उम्मेदवार घोषणा गेका छन् ।

वर्तमान एनआरएनए आइसीसी सह–कोषाध्यक्ष रहेका सुवेदीले आगामी एनआरएनएको २०२३–२०२५ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै आएका सुवेदी गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको स्थापनादेखि सक्रियरूपमा एनआरएनएमा लागेका हुन् । उनी २०१९–२०२१ एनआरएनए कोरियाको अध्यक्ष हुँदै अहिले केन्द्रको सह–कोषाध्यक्ष पदमा रहेका काम गरिरहेका छन् ।

यस्तै, उनले दक्षिण कोरियाको विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा रहेर सामाजिक कार्यहरू पनि गर्दै आएका छन् । एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका सुवेदीको उम्मेदवारीलाई लिएर मतदाताहरूमा समेत खुसी छाएको छ ।

संस्थागत विकासका, एनआरएनएमा सबैको अपनत्व बोधका लागि यसपटक आफू सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ । संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो सक्रियता रहने उनले बताएका छन् ।

यसैगरी, गैरआवासीय नेपाली संघका कार्यक्रमहरू परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि सुवेदीले बताएका छन् । संघलाई अझै व्यवस्थित र मर्यादित बनाउन संघको मेरुदण्डको रुपमा रहेको सचिवालयलाई मजबुत बनाउन, संघले पारदर्शी र व्यवस्थित सचिवालय र एनआरएनलाई सचिवालयबाट नै सेवा दिने उनको योजना छ ।

यी हुन् सुवेदीका मुख्य एजेण्डा–

(क) गैरआवासीय नेपाली संघ केन्द्रीय कार्यालयमा माइग्रेसन काउन्सिल सेन्टरको व्यवस्थापन गर्ने ।

(ख) दैनिक हजारौं नेपालीहरू विभिन्न नाममा बिदेशमा माइग्रेसन हुने गरेका छन् । तर, भरपर्दो काउन्सिलिङ सेन्टर नहुनाले दलाल र ठग हरूको फन्दामा परी विदेशमा अलपत्र पर्ने गरेको अवस्थालाई रोक्न माइग्रेसन हुने देशका एनसीसीहरूसँग समन्वय गरी सही जानकारी दिइन् ।

(ग) देशमा अझै पनि रोजगारको प्रशस्त अवसरहरू नभएकाले रि– माइग्रेसनको अवसरको खोजीमा हजारौं युवा नयाँ गन्तव्य खोज्ने गरेको पाइन्छ उनीहरूको लगि काउन्सिलिङ्ग गर्ने ।

(घ) रि–इन्टिगेसन अथवा पुन: स्वदेशमा फर्केर समाजमा पुन: स्थापन हुन सहयोग डेस्क सञ्चालन गर्ने मुख्य एजेण्डा हुने छ । साथै सीपमूलक तालीम, वैदेशिक रोजगार सचेतना कार्यक्रम आदिमा जोड दिने लक्ष्य राखिएको छ ।