३० आश्विन २०८३, शुक्रबार

केही विषयगत समितिको सभापतिमा उम्मेद्वारी दिने रास्वपाको निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

आज शुक्रबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले क्षमताले भ्याएसम्मको समितिको सभापतिमा उम्मेद्वारी दिने र अन्य समितिका विषयमा आन्तरिक छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकले निर्वाचन क्षेत्र बिकास कार्यक्रममा सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेको उनले बताए ।

बैठकमा संसद बैठकमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने र देश र जनताको मुद्दाहरुलाई उठाउनका निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।