
काठमाडौं, ८ भदौ । नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बास्कोटाले पार्टीभित्र पदको लुछाचुडी गर्ने तर कामको नाममा सिन्को नभाँच्नेहरूलाई कडा दनक दिएका छन् ।
आज शुक्रबार ट्विटरमा लेख्दै उनले पदबाहेक केही नदेख्ने र अरुको कुरा काटेर जीवन काटिरहेकाहरूलाई ‘खरानी ग्रुप’को संज्ञा समेत दिएका छन् ।
‘कामको नाममा सिन्को नभाँच्ने, दुईजना मान्छे पार्टीमा ल्याउन नसक्ने, भएको संरचनामै चौबीस घण्टा घट्ट घुमेझै दाँती खिउञ्जेल घुम्ने, जबज भन्या गजब भन्नेबाहेक अरू नजान्ने पदबाहेक अरू नदेख्ने र अरुको कुरा काटेर जीवन गुजारा गर्नेहरूले गर्ने क्रान्तिकारी काम अन्तिममा खरानी ग्रुप चलाउने,’ बास्कोटाले लेखेका छन् ।
पार्टीको विभिन्न तहमा अधिवेशनहरूको तीव्र तयारी भइरहेका बेला बास्कोटाले पार्टीको काम नगर्नेहरूलाई लक्षित गरी तीखो प्रहार गरेका हुन् ।
कामको नाममा सिन्को नभांच्ने,दुईजना मान्छे पार्टीमा ल्याउन नसक्ने,भएको संरचनामै चौविस घण्टा घट्ट घुमेझै दांती खिउन्जेल घुम्ने,जबज भन्या गजब भन्ने बाहेक अरू नजान्ने पदबाहेक अरू नदेख्ने र अरुको कुरा काटेर जीबन गुजारा गर्नेहरुले गर्ने क्रान्तिकारी काम अन्तिममा खरानी ग्रुप चलाउने।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 25, 2023















प्रतिक्रिया