
काठमाडौं, ८ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ग्रीसमा अपहरणमा परेका तीन जना नेपालीको सकुशल उद्धार गरेको छ ।
सिजनल भिसामा सर्बिया गएका मोरङकी २५ वर्षीया सबित्रा थापा, उदयपुरका कृष्ण कार्की र काभ्रेपलाञ्चोकका राजन सत्यालको सकुशल उद्धार गरिएको हो ।
सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरूलाई सकुशल उद्धार गरिनाका साथै ग्रीसमा अपहरण गरी नेपालमा फिरौती उठाउने कार्यमा संलग्न चार जनालाई पक्राउ समेत गरिएको छ ।
पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ का ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंको तारकेश्वर–५ का ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुको शिवराज नगरपालिका–१ का ३२ वर्षीय प्रकाश बेलवासे, पर्वतको फलेवास नगरपालिका–१ शंखपोखरीका ४२ वर्षीय दिलबहादुर थापा छन् ।
उनीहरूमध्ये कुँवरले नेपालमा सफरौती रकम लिएको, अर्यालले नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसँग लिन सम्पर्क गरेको, बेलबासेले दुवईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने तथा थापाले दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनी सम्पर्क नम्बर दिनेलगायत भूमिका निर्वाह गरेको खुलेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
यस्तो छ घटना विवरण
मिति २०८०/०२/१२ गते जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. २ बस्ने यदुराज थापाको छोरी बर्ष २५ कि सबित्रा थापा, जिल्ला उदयपुर, त्रियुगा न.पा वडा नं. ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा वडा नं. १ मथुरापाटी बस्ने बर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एक साथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएको ।
सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुन: लुकी छिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा निजको सहयोगी समेतले अपहरण गरी, डोरीले बाधी शाररिक तथा मानसिक यातना र डर त्रास देखाई, ज्यान मार्ने धम्की दिई पिडितहरूको नेपालमा रहेका परिवारहरूसंग १५,००० युरो (पन्ध्र हजार) फिरौती माग गरेको भनि पिडितका आफन्तहरू यस ब्युरोमा आई लिखित निवेदन दिएको आधारमा अनुसन्धान गरिएको ।
ग्रिस तथा दुवईबाट धजबतकबउउ मार्फत पिडितका परिवारहरूलाई सम्पर्क गरी रू २१,७५,०००/– (एकाईस लाख पचहत्तर हजार) नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न निम्न उल्लेखित व्यक्तिहरू मिति २०८०/०५/०२ गते का.जि.का.म.न.पा वडा नं. ८ गौरिघाट डेरा कोठाबाट फिरौती रकम समेत बरामद तथा पक्राउ गरी ग्रीसमा बन्धक बनाई राखेका पिडितहरू समेतलाई सकुशल उद्दार गर्न सफल भएको ।















प्रतिक्रिया