
काठमाडौं, ७ भदौ । मन्त्रिपरिषद्को दुईवटा बैठकले विभिन्न २९ वटा निर्णय गरेको छ ।
गत साउन ३० गते मंगलबार र यही भदौ ६ गते बुधबार (हिजो) बसेको बैठकले २९ वटा निर्णय गरेको हो ।
हिजो बसेको बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लािग जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्व २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिएकी खुन् ।
बैठकले कर्जा सुरक्षण चौथो संशोधन नियमहरु २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने असोज ८ देखि ९ गतेसम्म इजिप्टमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलाई सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ ।
बैठकले धितोपत्र दर्ता तथा निष्काशन सातौ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै, बैठकले राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति स्वीकृत गर्ने, उमेर जात र नाम सच्चाउने तेश्रो संशोधन नियमहरु स्वीकृति गर्ने निर्णय गरको प्रवक्ता शर्माले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको एजेण्डाहरु तयार भइरहेको बताइन् । उनले सुन तस्करीलगायतका प्रकरणमा राज्यले निष्पक्ष रुपमा छानविन गरिरहेको भन्दै सुन तस्करीलाई पूर्णरुपमा रोक्नका लागि आवश्यक नीति नियमका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएको पनि बताइन् ।
उनले कोशी प्रदेशसभाको विश्वासको मतको विषय अदालतमा गइसकेकाले अदालतले नै आवश्यक निष्कर्ष निकाल्ने जिकिर गरिन् ।
हेर्नुहोस् निर्णयहरू–
भदौ ६ गते बुधबारको बैठक–


साउन ३० गते मंगलबारको बैठक–
















प्रतिक्रिया