
काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीले पाएको विश्वासको मत संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
कांग्रेस नेता उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीलाई समेत मतदान गर्न लगाइएपछि एमालेले दायर गरेको रिटमा सर्वोच्चले उक्त कार्य संविधानसम्मत नरहेको बताएको छ ।















प्रतिक्रिया