२९ आश्विन २०८३, बिहिबार

कसैले मलाई गोली हान्न सक्छ : केपी ओली

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देशका लागि राम्रो काम गर्दै गर्दा कसैले गोली हाने पनि आपत्ति नरहेको बताएका छन् ।

आज बिहीबार पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सरकारमा रहँदा कानुनको पाना पल्टाएर मात्रै निर्णय गरेको बताए ।

अहिलेको सरकारले एमालेलाई विभिन्न काण्डमा हुँदै नभएको कुरा ल्याएर जोड्ने दुस्प्रयास गरेको बताए । सरकारकै योजनामा अब कसैकसैले केपी ओलीलाई हत्कडी लगाइयो भनेर छाप्न सक्ने उनले बताए ।

‘कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो,’ उनले भने ।

आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदाका काम कारबाहीमा कानुन पल्टाइपल्टाइ निर्णय लिएको उनले बताए । कसैको इच्छाले केपी ओलीलाई फसाउन नसकिने उनको भनाई छ । माकुराको जालोमा भैसी पर्दैन भन्ने सरकारमा रहेकाहरुले बुझ्न आवश्यक रहेको उनले बताए ।