
काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीले सुन तस्करी सधैका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क टिप्पणी गरे ।
अध्यक्ष ओलीले स्तरहिन मान्छेहरूले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयाससमेत गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । यस्तै ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको बताए ।
ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका बिषयमा छानविन गर्न जरुरी नभएको तर छानविन गर्न मन लागे गर्न सुझाव दिए ।
उनले बिना कानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानून बनाएर व्यवस्थीत काम गर्ने गरेको ओलीले स्पष्ट पारे ।















प्रतिक्रिया