१ कार्तिक २०८३, आइतबार

अमेरिकाको हवाई डढेलोमा ११५ जनाको मृत्यु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माउई, (हवाई), ६ भदौ । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको संख्या एक सय १५ पुगेको छ । माउ काउन्टीले मंगलबार जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५०जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ ।

आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोज जारी छ भने अबको खोज बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन् ।

राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको आग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सात्वाना दिएका छन् । राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा संघीय सरकारबाट सबै सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यी पवित्र स्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेअनुरुप पुनर्निर्माण गर्नेछौँ ।’

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । सिन्ह्वा