आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: १८ अर्बभन्दा बढी बिगो कायम गर्दै सीआईबीले बुझायो प्रतिवेदन, ४८ जना जग्गा फिर्ता गर्न तयार

दैनिक नेपाल २०८० भदौ ५ गते २१:२३

काठमाडौं, ५ भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

मंगलबार बिहान सीआईबीले प्रतिवदेन सरकारी वकिललाई बुझाएको हो । सीआईबीले अनुसन्धान प्रतिवेदनमा दुईसय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन सुझाव दिएको छ ।

सीआईबीले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पतीबाट पनि बिगो भराउनु मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको छ । जग्गा घोटामा संलग्न २१ जनाको मृत्यु भएको छ । यस्तै, ललिता निवासमा आफूले खरिद गरेको जग्गा ‘फिर्ता गर्छु’ भनेर ४८ जनाले निवेदन दिएका छन् ।

जग्गा फिर्ताका लागि निवेदन दिनेहरुलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरेको थियो ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित