३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको निर्वाचन समिति संयोजक नियुक्त, अनुशासन समितिमा को–को भए मनोनीत ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा निवर्तमान महान्यायाधिवक्ता एवम् अधिवक्ता खम्मरबहादुर खातीलाई नियुक्त गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका पूर्व सदस्य समेत रहेका खातीलाई पार्टी सभापति शेरबहादुर देउवाले संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् ।

यस्तै, सभापति देउवाले केन्द्रीय अनुसाशन समितिमा चार जना सदस्य थप गरेका छन् । सदस्य थपिनेहरूमा ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोईराला छन् ।

अनुसाशन समितिको संयोजक आनन्दप्रसाद ढुंगाना छन् ।