
विराटनगर, ५ भदौ । केही दिनअघि विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट अविवाहित युवतीबाट जन्मिएको शिशु बेपत्ता भएको घटनाले चर्चा पायो ।
घटना बाहिरिएपछि प्रहरीले युवतीको प्रेमी गोविन्द राई र डा. तपेश्वरलाल कर्णलाई पक्राउ गर्यो । अनुसन्धानबाट डा. कर्णले नै युवतीको प्रेमी गोविन्दसँग ३५ हजार लिएर शिशुकी आमा अर्थात युवतीलाई थाहै नदिई शिशु गायब पारेको खुलासा भएको हो ।
कर्णले गोविन्दसँग रकम लिएर अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशु नि:सन्तान दम्पतीलाई बेचेको खुलेको हो । ती शिशुलाई कति रुपैयाँमा बिक्री गरेको भन्नेबारेमा भने खुल्न बाँकी छ ।
यतिमात्रै होइन डा. कर्णले वर्षौदेखि शिशुको बेच्दै आएको खुलासासमेत भएको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निस्सन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।
डा. कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर नि:सन्तान दम्पतीलाई बिक्री गर्दै आएको पुष्टी भएको छ ।
अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेमजोडीसँग डा. कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेकोसमेत पाइएको छ ।















प्रतिक्रिया