३० आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम क्षेत्र सधैँ पछाडि पर्न सक्दैन : केपी ओली (भिडिओ र तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम क्षेत्र सधैँ पछाडि पर्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै ओलीले स्रोत साधनको अधिकतम प्रयोग गर्दै सुदूरपश्चिम क्षेत्रको बिकासमा जोड दिनुपर्ने बताएका हुन् । उनले सुदूरको दुर्गम क्षेत्रमा सबै प्रकारका कनेक्टिभिटी जोड्न सकिने धारणा व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाइबर र केवल तार बिछ्याउने कामहरुदेखि लिएर सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने काम गरेको र यसलाई सुदृढ गर्न जरुरी रहेको बताए । उनले राजनीतिक जागरणको हिसाबले पनि सुदूरपश्चिम क्षेत्र उद्गमस्थल भएको पनि बताएका छन् ।