
काठमाडौं, ४ भदौ । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट १५० जना भन्दा बढी बालबालिका भागेका छन् ।
विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बालबालिका भागेपछि प्रहरीले गोली समेत चलाएको छ ।
सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।
घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते भएको जनाइएको छ । दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ।
घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ।
सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।
सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए ।
यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुुरु गरेका थिए ।















प्रतिक्रिया