३० आश्विन २०८३, शुक्रबार

बडीबिल्डिङ कम्पिटिसन सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । बडीबिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’सम्पन्न भएको छ ।

तीन दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कम्पिटिसनमा विजेताले नगद पुरस्कारसँगै ट्रफी हात पारेका छन् ।

महिला फिजीक विजेता भक्तपुरकी जस्मिन योञ्जन, बडीबिल्डिङ ५५ केजी समूहमा भक्तपुरका सुरेश दुवाल, बडीबिल्डिङ ६० केजी समूहमा पोखराका कमलराज, बडीबिल्डिङ ६५ केजी समुहमा इटहरीका पुष्प शंकर, क्लासिक फिजीक १७० उदयपुरका दिलिप चौधरी र ओभरअल बडीबिल्डिङ भारतका किशोरले जित्न सफल भएका छन् ।

इन्डियामा प्रसिद्ध शोको फ्रेन्चाइजलाई नेपालमा ल्याएर गरिएको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा विभिन्न देशका गरेर १५० जना सहभागी भएका थिए । कार्यक्रममा सहभागी हुन बलिउड सेलिब्रेटी साहिल खान नेपाल आएका थिए ।

कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरूको समेत सहभागिता रहेको थियो । खरेल अर्गनाइजेसनका अध्यक्ष सज्ञान खरेलले यस्ता कार्यक्रमहरू नियमित रुपमा गर्दै जाने बताए ।

यस्ता कार्यक्रमले खेलाडीले आफुमा भएको प्रतिभालाई प्रस्फुटन संगै देश विदेशमा ख्याती कमाउन सक्ने उनले बताए ।