३० आश्विन २०८३, शुक्रबार

कोशीमा विश्वासको मतका लागि फेरि सभाध्यक्षलाई मतदान गराइँदै, के छ एमालेको तयारी ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ४ भदौ । कोशी प्रदेशसभाको बैठक सुरू भएको छ ।

अहिले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्दै आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गरेका छन् । गठबन्धनले मन्सुरीलाई समेत मतदान गराएर विश्वासको मत लिने तयारी गरेको छ ।

एमालेले प्रतिवाद गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा एमालेले प्रतिवाद गर्ने जनाएको छ ।

प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताएका हुन् ।

उनले जबरजस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।