
काठमाडौं, ३ भदौ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाइस अफ नेपाल सिजन–४ विजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
काठमाडौंको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो ।
देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन् भने करणको स्वर रहेको छ । यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
म्युजिक भिडिओमा मिरुना र करण फिचर्ड छन् । फिल्मी शैलीमा तयार भएको भिडिओको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ ।
म्युजिक भिडिओलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन, कलर रहेको भिडिओमा प्रिया कार्कीको मेकअप रहेको छ ।















प्रतिक्रिया