
काठमाडौं । नवौँ संस्करणको महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ ।
आइतबार अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा भएको फाइनल खेलमा इङ्ल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको हो ।
स्पेनका लागि खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक गोल बन्यो ।















प्रतिक्रिया