
काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
अन्य राष्ट्रिय दलका शीर्ष नेता सहभागी रहेको बैठकमा ओली भने सहभागी नभएका हुन् । उनले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बैठकमा पठाएका हुन् ।
प्रधानमन्त्रीले संसदको जारी अवरोध हटाउन राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै गत साउन १० देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।















प्रतिक्रिया