आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: भोलिदेखि संसद चल्ने प्रधानमन्त्रीको दाबी, अवरोध नियमविपरीत रहेको सुवास नेम्वाङको भनाइ

दैनिक नेपाल २०८० भदौ २ गते २०:३३

काठमाडौं, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवरूद्व हुँदै आएको संघीय संसद आइतबारबाट संचालनमा आउने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले संसदको अवरोध हट्ने बताएपनि खुल्ने नखुल्ने अझै अन्योल नै छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरी छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

एमाले आफ्नो अडानबाट पछाडि हट्ने अवस्था देखिएको छैन । जसले गर्दा प्रधानमन्त्रीले भने झैँ आइतबारबाट संसदको अवरोध हट्ने अवस्था देखिँदैन ।

हेरौँ शनिबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित