
पर्वत, २ भदौ । पर्वतमा ५५ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
महिलालाई बलात्कार गरेको अभियोगमा जलजला गाउँपालिका–२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट गरी बलात्कार गरेको प्रहरीले जनाएको छ । कुटपिट र बलात्कारबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया