
काठमाडौं, २ भदौ । चार दल आबद्ध समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ ।
लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आज शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफल समेत भएको खतिवडाले जानकारी दिए ।
बैठकमा आइतबारदेखि सुरू हुने पार्टीको पोलिट्व्युरो बैठकको एजेण्डाका बारेमा छलफल गरेको उनले बताए ।
यही भदौ ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटीको तयारीका बारेमा केन्द्रीत रहेर पोलिट्व्युरो बैठकमा छलफल हुने उनको भनाइ छ ।















प्रतिक्रिया