१ कार्तिक २०८३, शनिबार

रूसद्वारा युक्रेनको चेर्निहिभमाथि आक्रमण, पाँच जनाको मृत्यु हुँदा दर्जनौँ घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेन, २ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी शहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ ।

आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो ।

फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले शहरभरि मार्च गरेको थियो । पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो ।

यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्वीडेनको भ्रमणमा निस्किसकेका थिए । आक्रमणमा परेर पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएको पुष्टि भएको छ ।