
काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा पछिल्लो पटक गठन भएको कोशी प्रदेशको सरकार टिकाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूलाई मन्त्री र १० करोड रुपैयाँको अफर आएको खुलासा भएको छ ।
सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज शनिबार आफ्नो आधिकारिक फेसबुकमा लेख्दै आफ्ना सांसदलाई मन्त्री र १० करोड रुपैयाँ नगदको अफर आएको खुलासा गरेका छन् ।
उनले केही समयअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरू प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रू. १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त ।’
मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ । राप्रपाले कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताएको छ ।















प्रतिक्रिया