३० आश्विन २०८३, शुक्रबार

‘कृषिबाटै मुलुक समृद्ध बन्छ, यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायिकरणको खाँचो छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, २ भदौ । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई समृद्ध बनाउन कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको लुम्बिनी प्रदेशस्तयी दुई दिने कार्यशालाको उद्घाटन गर्दै उपमहासचिव गुरुङले कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायिकीकरण गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

उपमहासचिव गुरुङले देश आर्थिक रुपमा बलियो बनाउन सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

हिजो शुक्रबारदेखि सुरू भएको कार्यशाला गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट अगुवा कृषकहरू सहभागी रहेको किसान महासंघ लुम्बिनी प्रदेशका सचिव मुक्ति पोखरेलले जानकारी दिए ।

गोष्ठीमा महासंघको केन्द्रीय अध्यक्ष प्रेम दंगाल, कृषि विज्ञ भाष्कर पौडेल, घनश्याम चौधरी, कमलराज श्रेष्ठ लगायतले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।